Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीकाे कदमले लोकतन्त्रमाथि खतरा बढ्यो : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको स्वेच्छाचारी कदमले संसदीय प्रणाली र लोकतन्त्रमाथि खतरा बढेकाे बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले सरकारको सर्वसत्तावाद तर्फको अर्को कदम भएको टिप्पणी गरेको छ ।

'परिषद्का अध्यक्ष प्रधानमन्त्रीसहित ३ जनामात्रैको उपस्थितिमा पनि बैठक बस्न सक्ने र तत्काल बहाल सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने प्रावधानसहित ल्याइएको उक्त अध्यादेश संविधानको मर्ममाथि ठाडो प्रहार र सर्वसत्तावादतर्फको सरकारको अर्को कदम भएको हाम्रो ठहर छ,' विवेकशीलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रमुख प्रतिपक्षी दलको असहयोगका कारण महिनौं बन्धक बनेको संवैधानिक परिषद्को बैठक सभामुख आफ्नो संवैधानिक दायित्वबाट विमुख हुँदा बस्न नसक्नु पनि दूर्भाग्यपूर्ण स्थिति भएको विवेकशीलको भनाइ छ । विवेकशीलले पुन: जारी अध्यादेश तुरून्त फिर्ता लिन पनि सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077