Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेशबारे कमल थापाका ४ टिप्पणी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले विवादास्पदरूपमा संवैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सरकारले संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएकोमा सामाजिक संजालमा टिप्पणी गर्दै भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण भएको बताएका हुन् ।

उनले निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको भन्दै यस्ता घटनाले व्यवस्था असफल भएको प्रमाणित भएको दाबी गरेका छन् ।

उनकाे ४ टिप्पणी यस्ताे छ

-निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत,
-भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण,
-विवादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण,
-उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077