Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओलीका अर्बौ भ्रष्टाचार काण्डको देशभरबाट पर्दाफास गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लाका सदरमुकाममा सरकारका गलत कामहरुको पर्दाफास गर्दै छ ।

सरकार भ्रष्टाचारमा लिप्त भएको र बरिष्ठ नेता रामचन्द्र पौडेललाई गैरकानुनी रुपमा थुनेको भन्दै सरकारबिरुद्ध बृहत् प्रदर्शन गरिन लागिएको हो ।

केही दिनअघि गृहजिल्ला तनहुँमा पुल उदघाटन गर्न गएका पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले थुनेपछि कांग्रेस सरकारबिरुद्ध आक्रोसित भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेतृत्वको नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारका जनविरोधी निर्णय, महँगी, भ्रष्टाचार बिरुद्दको विरोधमा कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री भएका नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख विपक्षी कांग्रेसले पहिलो पटक देशब्यापी बिरोध प्रदर्शन गर्न लागेको हो ।
ओली सरकार सुरुआतदेखि नै मनोमानी ढंगले अगाडि बढेको, जनअपेक्षाअनुसार काम नभएको र भ्रष्टाचारमा लिप्त भएको भए पनि कांग्रेस मौन रहँदैआएको थियो ।

ओली सरकारले भएका सीमा सबै पार गरेपछि सडकमै उत्रनु परेको कांग्रेस नेताहरुको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077