काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले अध्यागमन कार्यविधि–२०६५ मा गरिएकाे संशोधन प्रति आपत्ति जनाएका छन् ।
गृह मन्त्रालयले अध्यागमन कार्यविधि–२०६५ मा संशोधन गर्दै भिजिट भिसामा विदेश जानेहरुले न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यताको प्रमाणपत्र वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेकाे प्रति आपत्ति जनाएका हुन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? भन्दै प्रश्न गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै थापाले भनेका छन् – ‘यो कसको र कस्तो उटपट्याङ हो ?’ साथै थापाले के अंग्रेजी नजान्ने नागरिक नै हैनन भन्दै नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि बोकाइएको आरोप लगाएका छन् ।
Leave a Reply