Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : वरिष्ठ नेता पौडेल

    ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : वरिष्ठ नेता पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् ।

    यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा काँग्रेस मौन बसेकाले पनि यस्तो भएको बताए । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष काँग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला काँग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, काँग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’



    उनले नेकपामा सर्वसत्तावादी प्रवृत्ति दाबी रहेको पनि आरोप लगाए । ‘अरु नेताहरु (माधव–प्रचण्ड) का काुरा लिबर नै देखिन्छ । अर्घेलो ओलीको देखिन्छ । सर्वसत्तावादी प्रवृतिबाट ओली हौसिएका छन् । यो प्रवृति मेटिनुपर्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार