Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • नेकपा विवाद: गुटकै नेताहरूले दिएनन् ओलीलाई साथ!

    नेकपा विवाद: गुटकै नेताहरूले दिएनन् ओलीलाई साथ!

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गुटका नेताहरूले साथ दिएका छैनन्।

    आइतबारदेखि केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठक ‘बहिस्कार’ गर्नेमा प्रधानमन्त्री ओली एक्लो नेता ठहरिएका छन् । ओली बैठकमा अनुपस्थित रहे पनि उनकै गुटका सबै नेताहरु सहभागी बनेका थिए। जसले सजिलै बुझ्न सकिन्छ की ओलीलाई उनकै गुटका नेताहरूले साथ दिएका छैनन्।



    नेकपाका प्रथम अध्यक्ष ओलीले बैठकमा उपस्थित नहुने बताए पनि स्थायी कमिटीको बैठकको निर्णय मान्दिनँ भन्न सकेका छैनन् । उनले आफू सहभागी नहुने बैठकले सकारात्मक हस्तक्षेप गरेर विवेकसम्मत निर्णय लिने विश्वाससमेत व्यक्त गरेका छन् । बैठकमा पत्र पठाएकाले ओली अनुपस्थित रहेको भन्न नमिल्ने नेताहरुको विश्लेषण छ ।



    आइतबारको बैठकमा एक्लो अनुपस्थिति, अनि सोही बैठकबाट गरिएको आशलाई हेर्दाखेरि केपी ओली व्यक्तिगत दम्भका कारणले मात्रै बैठकमा नगएको देखिन्छ । किनभने, उनले आफ्नै गुटका नेताहरुलाई पनि बैठकमा सहभागी नहुनोस् भनेर रोक्न सकेको देखिँदैन ।

    बैठकको अध्यक्षता गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षकै रुपमा सम्बोधन नगरे पनि ओलीले स्थायी कमिटी सदस्यहरुसँग पत्रमार्फत् केही अनुरोध र अपेक्षासमेत गरेका छन् ।

    प्रचण्डले कात्तिक २८ मा पेश गरेको १९ पृष्ठको पत्र (प्रस्ताव) छलफलको एजेण्डा बनेसम्म बैठकमा सहभागी नहुने ओलीले अडान लिएका हुन् । ओली यो स्थायी कमिटी बैठकबाट फेरि एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नै प्रधानमन्त्री रहने निर्णय हुनेमा आशावादी देखिन्छन् । सँगै, स्थायी कमिटी बैठकले गर्ने निर्णय मान्न तयार रहेको पनि ओलीले प्रष्ट संकेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार