Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद श्रेष्ठको पहलमा नेपाली कांग्रेस तनहुँका सयौं कार्यकर्ता नेकपामा पवेश

तनहुँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद किसान श्रेष्ठले नेपाली कांग्रेसका सयौं कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गराएका छन् । शनिबार तनहुँको ब्यास नगरपालिका–११ डाँडा पाखा फरकचौर र भानु नगरपालिका–६ मुलपानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सयौं कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।

मुलपानीका मात्रै ६० जना कांग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको सांसद श्रेष्ठले जानकारी दिए । नेकपा प्रवेश गर्नेहरुमा भानु–६ मुलपानी टोलका अध्यक्ष सन्त खड्का, महिला अध्यक्ष विपना खड्का, श्रीबहादु खड्का विण्णु तिमिल्सिना, रूपेश बुढाप्रिती, गंगा गाेतामे, रामबहादुर खत्री, राम्जी बिक, दुर्गा बस्नेत, कृष्ण महत, धनबहादुर थापा, कृष्णबहादुर रायमाझी, संगम परियार, सागर थापालगायत रहेका छन् ।

सांसद श्रेष्ठको प्रमुख आतिथ्यतता तथा सांसद भगवती न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको लर्को लागेको थियो ।

बुल्दी पुल उद्घाटन प्रकरणपछि सांसद श्रेष्ठ तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल र युवा नेता प्रदिप पौडेलबीच आरोप प्रत्यारोप चर्किरहेका बेला नेपाली कांगेस तनहुँका सयौं कार्यकर्ताहरुले सांसद श्रेष्ठलाई नै विश्वास गरी नेकपामा प्रवेश गरेको नेकपा तनहुँको भनाई छ ।

यसअघि व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रदिप पौडेलले सांसद भएपनि किसान श्रेष्ठ बिचौलिया ठेकेदार भएको आरोप लगाएका थिए ।

तर, सांसद श्रेष्ठले भने आफूसँग ७ हजार मतले पराजित भएका नेता रामचन्द्र पौडेलले प्रदिप मार्फत चरित्र हत्या गर्न खोजेर हारेको कुण्ठा पोखेको भन्दै रामचन्द्र र प्रदिपमाथि दलाल र विचौलियाको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077