Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब पम्प भाडामा लगाउन नपाइने

काठमाडौं । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् ।

पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो ।

निगमले जारी गरेको सूचनामा भनिएको छ, “पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ ।

यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावली बमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ ।”

निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077