Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पौडेलमाथि भएको धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेस वरिष्ठ नेतामाथि भएको धरपकडको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

गृहजिल्ला तनहुँमा बनेको पुलको उद्घाटन गर्न पुगेका रामचन्द्र पौडेलसहितका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि तत्काल रिहाइको माग गर्दै नेविसंघले माइतीघरमा प्रदर्शन गरेको हो ।

पक्राउ परेका पौडेलसहित सबैलाई प्रहरीले बुधबार साँझ रिहा गरिसकेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनकारीहरुले नेकपा प्रहरी मुर्दावाद जस्ता 'प्ले कार्ड' बोकेर नाराबाजी लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077