Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी नायव निरीक्षक र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचारकाे मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत २ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेकाे छ।

घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ।

सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईंट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको पाइएपछि सोमबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा सई केसी र हवल्दार राजेशले निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि आरोप पत्र दायर गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077