Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी फुटाएर आफ्नो स्वार्थ सिद्ध गर्नेकाे इच्छा पूरा हुँदैन : नेता खनाल

इलाम । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटाएर आफ्नो स्वार्थ सिद्ध गर्न कोही लागेको भए त्यो इच्छा पूरा नहुने बताएका छन्।

इलामको सूर्योदय र माइ नगरपालिकामा अस्पतालको सिलान्यास गर्न आएका खनालले सूर्योदय नगरपालिकामा १५ शैयाको अस्पतालको सिलान्यास गर्दै अहिलेको द्वन्दवले नेकपा विभाजन नहुने बढ्ने बताए ।

उनले मिडियाका कच्चा मान्छेहरुले पार्टी फुट्ने हल्ला चलाएको आरोप लगाउँदै बहसबाट देश र पार्टीलाई समृद्ध गराउने दिशामा पार्टी लागेको बताए । खनालले बादेबादे जायते तत्वबोध भन्ने सर्वमान्य विचारको प्रारम्भ नेपालबाटै भएकाले त्यसकै जगमा नेकपामा बहस भइरहेको बताए ।

पार्टी फुटे आफ्नो रोटी सेकाउन तम्सेकाहरुको इच्छा पुरा नहुने खनालको भनाइ छ । उनले ढिलै भएपनि देशभरी अस्पताल खोलेर सरकारले राम्रो काम थालेको बताए । उनले भने, 'धेरैअघि थाल्नु पर्ने काम थियो, अहिले सुरु भएपनि राम्रो कामको सुरुवात भयो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077