Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नेपाली सेनाका दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

    नेपाली सेनाका दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैंठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेसँगै शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे ।



    नेपाली सेनाका अनुसार उ्रपरथी ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति र उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।



    शुक्रबारै सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका अन्य चार जना महासेनानीहरुलाई पनि प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार