Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

तुलसीपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेकाे छ ।

आयोगको कार्यालय नेपालगन्जको टोलीले मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई जना कर्मचारीलाई ३ लाख २० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077