Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेवबारे सर्वाेच्च अदालतकाे आदेशप्रति बाबुरामको विमति

काठमाडौं । जनता समाजवादीका पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वाेच्च अदालतकाे आदेशप्रति विमति जनाएका छन्।

उनले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयविरुद्ध अन्तरिम आदेश जारी नहुने सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशप्रति विमति जनाएका हुन् ।

भट्टराईले विहीबार ट्वीटरमार्फत उक्त आदेशका सम्बन्धमा टिप्पणी गर्दै संविधानको स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप भोग्नुपरेको बताए । राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्ने भट्टराईको भनाइ छ ।

https://twitter.com/brb1954/status/1326752435864547333?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1326752435864547333%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F154552%2F2020%2F11%2F12%2Fbaburam-bhattarai

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077