Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाले नै गरे ओलीमाथि कडा कारबाही हुन लागेको खुलासा

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीले कडा कारबाही गर्न लागेको संकेत गरेका छन्।

बाँस्कोटा प्रधानमन्त्री ओलीका सबैभन्दा नजिकका पात्र हुन।

मंगलबार बिहान सामाजिक सञ्चालमार्फत उनले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन्।

नेकपाको शीर्ष नेतृत्वमा बढ्दै गएको विवादले पार्टी फुटको संघारमा पुगेको बेला बाँस्कोटाले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

सेक्युरिटि प्रिन्टिङ प्रेसको ७० करोड घुस काण्डपछी उनी सामाजिक सन्जालमा अति सस्ता अभिव्यक्ति दिँदै आएका छन्।

कतिपयले सामाजिक सन्जालमा कमेन्टमा उनलाई मानसिक सन्तुलन ठीक नभएको प्रतिकृया दिने गरेका छन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ मंगलबार बिहान ट्विट गर्दै बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए। पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077