काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले देश बाध्यात्मक अबस्थामा सङ्घीयता प्रणालीमा गएकाे बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको बताएका हुन् ।
सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला उक्त निर्णयको विरोध भइरहेको छ ।
गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो ।
सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!
— Gokul Prasad Baskota (@GokulPBaskota) November 6, 2020
Leave a Reply