Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अबैध ४० लाख रुपैयाँसहित नागढुंगाबाट गुप्ता पक्राउ

काठमाडौं । अबैध ४० लाख रुपैयाँसहित नागढुंगाबाट एकजना व्यक्ति  पक्राउ परेका छन्।

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय ब्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077