Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लागुऔषधसहित ५ जना पक्राउ

    लागुऔषधसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.7K
    SHARES

    सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ ।

    पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जीव उराव र रामधुनी नगरपालिका–३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।



    सुनसरी प्रहरीले शुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



    पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । उराव र मेहतालाई इनरुवा–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    इनरुवा–४ स्थित बसचोकमा शङ्कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार