Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • धनगढीबाट १२ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित तीनजना पक्राउ

    धनगढीबाट १२ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ माघ २०८१
  • 156
    SHARES

    धनगढी । कैलाली प्रहरीले १२ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका क्षेत्रमा छुट्टाछुट्टै स्थानमा चेकजाँच गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार ब्यारेल नजिक शंका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा सवार दुई युवकको साथबाट १२ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो ।



    पक्राउ परेका युवकहरूमा कैलालीको उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र झलारी बस्ने १८ वर्षीय नविन कुमार ऐर रहेका छन्।

    त्यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर १ अस्पताल रोडबाट दिउँसो १ बजे २० वर्षीय निरञ्जन पन्तलाई पनि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    पन्त हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्दै आएका थिए भने उनको स्थायी घर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ रहेको छ।

    प्रहरीले तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार