काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादलाई जाेडेर संजालमा ट्वीट गरेका छन्। उनले नेकपा नेताहरूलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै ‘सती’ जाने कि विद्रोह गर्ने भनेर समाजिक संजालमा ट्वीट गरेका हुन्।
नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा नमिल्दा पार्टी फुट्ने अवस्थामा पुगेका बेला तत्कालीन माओवादी विद्रोहमा प्रचण्डका सहयोद्धासमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत कम्युनिस्ट आन्दोलन बचाउन नेकपाका नेताहरूलाई सुझाव दिएका हुन्।
‘विश्व कम्युनिस्ट आन्दोलन धराशायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको,’ ट्विटरमा डा. भट्टराईले प्रश्न गरेका छन्, ‘ओली आफ्नो कुबाटोमा दृढ छन्, अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने?’
https://twitter.com/brb1954/status/1323111133444665344?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1323111133444665344%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fcdn.embedly.com%2Fwidgets%2Fmedia.html%3Ftype%3Dtext2Fhtmlkey%3Dfd92ebbc52fc43fb98f69e50e7893c13schema%3Dtwitterurl%3Dhttps3A%2F%2Ftwitter.com%2Fbrb1954%2Fstatus%2F1323111133444665344image%3D