काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई)सहित तीन जनालाई पक्राउ गरेकाे छ ।
पक्रउ पर्नेमा सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई सिकन्दरप्रसाद कानु रहेका छन् । उनलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सेवाग्राहीसँग लिएको उक्त रकम कानुले सोही कार्यालयमा कार्यरत प्रहरी जवान रामईश्वर मण्डलमार्फत स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको पाइएको प्रवक्ता अधिकारीले बताए ।
प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल फिर्ता दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएको उनले बताए ।
Leave a Reply