Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आमालाई कुटपिट गरी घाइने बनाउने छाेरा पक्राउ

सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ ।

आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको सूचनाका आधारमा बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077