Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ‘रअ’ का प्रमुख र प्रधानमन्त्री ओलीबीचकाे भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ : गगन थापा

    ‘रअ’ का प्रमुख र प्रधानमन्त्री ओलीबीचकाे भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीचकाे भेटवार्ताले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएकाे टिप्पणी गरेका छन् ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता थापाले ‘प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चुनौती’ रहेको टिप्पणी गरेका हुन् ।





    प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिन नहुने भन्दै थापाको टिप्पणी छ,‘सम्बन्धित मन्त्रालय (परराष्ट्र) र निकाय (राष्ट्रिय अनुसन्धान विभाग) को अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ ।’

    यस प्रकरणपश्चात् पनि प्रधानमन्त्रीको बचाउमा केही बुद्धिजीविहरूले सामाजिक सञ्जालमा दुई देशबीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर बचाउ गरेको देख्दा उदेक लागेको थापाको भनाई छ ।

    भारतीय गुप्तरचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल-भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामथ्र्य नराख्ने उल्लेख गरेका उनी जोड्छन्,‘हाम्रो कुटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्नेमात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि हो ।

    सबै राजनीतिक तथा कूटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल–भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार