Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीले हिरासतमा कुटपिट गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी

काठमाडाैं । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई कुटपिट गरिएकाे भन्दै शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएकाे छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपूरका शिक्षकलाई कुटपिट गरेकाे आराेपमा पक्राउ परेका रूपेश शाह र रविन लामालाई प्रहरीले हिरासतमा राखी यातना दिएकाे भन्दै रूपेशका बुबा श्याम किशाेर शाहले आयाेगमा उजुरी दर्ता गराएका हुन् ।

प्रहरीले उनीहरूलाई हिरासतमा लिएपछि आफन्तलाई समेत भेट्न नदिएकाे र सामान्य मानव उचित व्यवहार समेत नगरेकाे उनकाे आराेप छ ।

साथै रेखदेख गर्ने प्रमुखलगायत मातहतका प्रहरी कर्मचारीमाथि कारवाहीकाे माग गर्दै निवेदन दर्ता गराएकाे श्याम किशाेर शाहले बताए ।

महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको  आराेपमा नियन्त्रणमा लिएकाे थियाे । खुट्टा र टाउकोमा गम्भीर चोट लागेका चलाउनेको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077