Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई भट्टराईको जवाफ : कुराले होइन काम गरेर देखाउनुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले बूढीगण्डकीबारे भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको अभिव्यक्ति दिए लगत्तै भट्टराईले पनि त्यसको जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भट्टराईले दिएको अभिव्यक्तिको खण्डन गर्दै भनेका थिए –‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ ।’

[insert page='36476' display='yopanipadhnuhos.php']

प्रधानमन्त्री ओलीले बोलेको एक घण्टा वित्न नपाउँदै भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । भट्टराइले कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुरा खाई पत्याउनु..’ भट्टराईको भनाइ छ ।

डा. भट्टराईले गत साता बूढीगण्डकी परियोजनामा प्रम ओली, पूर्वप्रमहरु प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको बताएका थिए ।

https://twitter.com/brb1954/status/1316975373872222209

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077