Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाको एमआई- १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लगियो

काठमाडौँ। नेपाली सेनाको एमआई-१७ हेलिकप्टरलाई बिहीबार राति ८ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर सैनिक प्रतिष्ठान खरिपाटी लगिएको हो ।

हेलिकप्टरलाई विमानस्थलबाट सिनामंगल-कोटेश्वर-सल्लाघारी-जगाती हुँदै खरिपाटी लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।

त्यसक्रममा ठाउँठाउँमा केहीवेर सवारी साधनको आवागमन समेत अबरुद्ध भएको थियो।

सैन्य कार्यमा प्रयोग गर्न नमिल्ने भएपछि उक्त हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077