Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पका छोरा ब्यारोनलाई पनि काेराेना संक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।

प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताए ।

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन ।

प्रथम महिला मेलानीयाले भने, “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ ।”

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिए ।

प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077