Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म्याद गुज्रिएको खाद्यान्न बिक्री गर्ने भारतीय गिरोहका नाइकेलाई बाबुरामको संरक्षण

वीरगंज। जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्याद गुज्रिएको खाद्यान्न वस्तु रिलेवलिङ्ग गरेर बिक्री गर्ने गिरोहका नाइकेलाई संरक्षण दिँदै आएको खुलेको छ। भट्टराईले बिगत देखी नै म्याद गुज्रिएको खाद्यान्न सामग्री बिक्री बितरण गर्ने प्रवीण कुमार वंकालाई संरक्षण दिँदै आएका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजनामा नेकपा र कांग्रेसका पूर्वप्रधानमन्त्रीहरुले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफुसँग रहेको बताएर चर्चामा आएकै बेला डाभ.ट्टराई म्याद गुज्रिएको खाद्यान्न वस्तु रिलेवलिङ्ग गरेर बिक्री गर्ने प्रवीण कुमार वंकाको संरक्षक रहेको पोल खुलेको छ ।

कोरोनाले जनजीवन आक्रान्त भएको बेला जनताको जनजीवनसँग खेलवाड गरी पैसा कमाउने मात्र उद्देश्य भएका वंकालाई  संरक्षण गरेको आरोप भट्टराईमाथि लागेको हो ।

भारत बिहार दलसिंह सराय स्थाई घर भएका प्रवीण कुमार वंकाले लगभग ४ करोड मुल्य बराबरको २०७ प्रकारको म्याद गुज्रिएको खाद्यान्न सामग्रीको पुनः नयाँ मिति राखेर बजार पठाउने तयारी गरेको बेला असोज १८ गते महानगरीय प्रहरी वृत्त कालीमाटीले कलंकीस्थित एक घरमा छापामारी गरेर बरामद गरेको थियो ।

एएसटी प्रालिको नाममा गरिएको सो धन्दाका मुख्य नाइके प्रवीण कुमार वंका भएपनि प्रहरीले प्रवीणका दाजु अनिल कुमार वंका र ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुबाट दुईवटा गाडी बरामद गरिएको थियो । प्रवीणले नेपाली नागरिकता हासिल गरेको भएपनि उनका दाजु अनिल कुमार वंका भारतीय नागरिक हुन् ।

कालीमाटी प्रहरी वृत्त र वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मुद्धा कमजोर बनाएकोले सातै जना तारेखमा रिहा भएका थिए। प्रवीण कुमार वंका हाल फरार रहेका छन् ।

म्याद गुज्रिएको यस्तै खाद्यान्न सामग्रीको घटनामा विशाल ग्रुपले संचालन गरेको आयान डिष्ट्रिब्युटर्सको गोदाममा प्रहरीले छापामारी गरेर तीन करोडको खाद्यान्न सामग्री बरामद गरेको थियो । यस घटनामा अन्य व्यक्तिहरु रिहा भएतापनि रौनक बोथरा भारतीय नागरिक भएकोले रिहा हुन सकेनन् ।

एउटै प्रकृतिको दुई वटा घटनामा प्रहरी र वाणिज्य विभागले मोलाहिजा गरेको छ । रौनक बोथरा थुनामा छन् । स्रोतका अनुसार डा. बाबुराम भट्टराईकै दबाबमा एएसटीका संचालक प्रवीण वंकाका दाजु अनिल वंका तारेखमा छुटेका छन् ।

जसका कारण  भट्टराईकै आर्शिवादले यो सम्भव भएको चर्चा बजारमा व्याप्त छ । भट्टराईसँग वंका गिरोहको सम्पर्क अर्थमन्त्री हुँदा नै भएको र दुवै परिवारबीच घर आउने जाने साथै अन्तरङ्ग सम्बन्ध रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077