Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। उनले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका हुन् ।

रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अुनसार बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो । बैठक अहिले पनि जारी छ ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा दिएका हुन्। जसले गर्दा सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् ।

रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077