काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई इन्टरपोल महासभामा भाग लिन जान स्वीकृति दिएको छ ।
महानिरीक्षक थापा क्षेत्रीसहित प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई पनि महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय असोज ८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेकाे हाे ।
यस्तै सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए ।
Leave a Reply