Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री भट्टराईकाे प्रस्ताव : बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने तर्क अघि सारेका छन् ।

भट्टराईले बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने तर्क गरेका हुन ।

भट्टराईले राजतन्त्रकालका नमिता-सुनिताकाण्डको उदाहरण समेत दिएका छन् । भट्टराईले गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाको आइतबार सामाजिक सन्जाल ट्वीटरमा उल्लेख गरे ।

https://twitter.com/brb1954/status/1310208608798273536

गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उनको भनाइ छ ।

कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन । उनले अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

भट्टराईले ट्वीटरमा लेखेका छन्,'राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो । अब यसो गरौं: १- अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाईकारबाही;२- अदालतमा छुट्टै बेन्चको स्थापना;३- अपराधीलाई मृत्युदण्ड !'

आइतबार काठमाडौंमा भएको प्रदर्शनमा  बलात्कारीलाई फाँसीको सजायसमेत दिन माग गरिएपछि भट्टराईको भनाइ आएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077