Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिनियाँ पक्षले तातोपानी र रसुवागढी नाका बन्द गरेपछि वाबुरामद्वारा सरकारको चर्को आलोचना

काठमाडौं । चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारको चर्को आलोचना गरेका छन्।

डा.बाबुराम भट्टराईले सरकारप्रति कटाक्ष गर्दै  चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामा अलपत्र पर्दा समेत सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।

भट्टराईले विहान ट्वीटरमा लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी हाल बन्द छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको छ ।

तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटर माथि चीनतर्फ पर्ने एक ताल बिष्फोटको जोखिम रहेको भन्दै चिनियाँ पक्षले सो नाका पनि बन्द गरेको छ ।

https://twitter.com/brb1954/status/1308228273608880130?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1308228273608880130%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2020%2F09%2F898180

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077