Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाको उर्जा मन्त्रीलाई प्रश्न - 'के अब चोरी भए गृहमन्त्रीलाई फोन गर्ने ?' 

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २८ गते  सकिएसँगै लाइन जाने क्रम बढेकाले आंशकाहरु व्यक्त भएका छन् ।

घिसिङ प्राधिकरणबाट  विदाइ भएको दिन भदौ ३१ गते विद्युत वितरण प्रणाली सबभन्दा धेरै अवरुद्व भयो । सामाजिक सन्जालमा कुलमानको प्राधिकरणबाट बहिर्गमनसँगै लोडसेडिङ हुन थालेको भन्दै सरकारको आलोचना हुन थालेको छ।

लाइन काटिने क्रम बढेको गुनासो आएपछी ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवालयले सोमबार विद्युत कटौतीबारे प्रष्टीकरण दिएको छ । ‘बिजुली गए ऊर्जा मन्त्रालयमा फोन गर्नू’भन्ने सुचना नै जारी भएपछि कांग्रेस युवा नेता गगन थापाले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

नेता थापाले सामाजिक सन्जालमा प्रश्न गर्दै  भनेका छन्, 'बिजुली गए फोन गर्ने निकाय विद्युत प्राधिकरण हो र सो को व्यवस्था प्राधिकरण भित्रै छ,नो लाइट। प्राधिकरणले गुनासो सुनेन भने हस्तक्षेप गर्ने हो।ऊर्जा क्षेत्रमा अनगिन्ती नीतिगत समस्या छन्, त्यसमा पो ऊर्जा खर्चने होl नत्र यसै तर्क अनुरूप के अब चोरी भए के गृह मन्त्रीलाई फोन गर्ने ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077