Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ ।

लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रूपैयाँ बराबरको कारोवार भएको छ ।

कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077