Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बामदेवको सिफारिसप्रति खरेलले भने -अब सुनको विमानमा आवतजावत गर्न पाइन्छ

काठमाडौं।  पूर्व डिआइजी तथा हाम्रो नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णयप्रति कडा व्यङ्य प्रहार गरेका छन् ।

खरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्,'विज्ञको कोटामा अर्थमा विशेष ज्ञान भएका प्रत्यक्ष निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस ।अब देशले विकाशमा फडको मार्ने पक्का । अब विदेश जांदा डलर र स्वदेश आऊदा सुनको विमानमा आवत जावत गर्न पाईने। मन्त्रिपरिषद्लाई बधाई ।'

हिजोको मन्त्रिपरिषद्को बैठकले बर्दियाबाट चुनाव हारेका गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सामाजिक सन्जालमा जनताबाट पराजित भइसकेको व्यक्तिलाई अर्को सदनमा लैजाने निर्णय गरेर सत्तारूढ नेकपाले जनमतको धज्जी उडाएको टिप्पणी हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077