Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषामा झडप हुँदा दुई दर्जन बढी घाइते

जनकपुर । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोली टोलमा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर आइतबार झडप भएको छ । झडपमा कम्तीमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन् । नवटोलीमा रहेको दुधहा पोखरीको छेवैमा रहेको नवनेश्वरनाथ महादेव मन्दिर शिलान्यास स्थलमा मुस्लिम समुदायले फोहोर फ्यालेको विषयलाई लिएर विवाद भएको हो ।

झडपमा विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर, जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ लगायतका घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।

पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम समुदायले अडान लिएपछि विवाद सिर्जना भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077