Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग छलफल सुरु गरेका छन् । अर्थमन्त्री युवराज खतिवडाले राजिनामा दिएपछि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बजेबाट निजी क्षेत्रसँग सम्बन्धित अधिकारीहरुसँग छलफल सुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार प्रधानमन्त्री ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरू र सम्बद्ध अधिकारीहरूसँग कोभिड-१९ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सुझाव र परामर्श गर्न लागि बालुवाटार बोलाएका हुन् ।

ओलीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका नेतृत्व बालुवाटारमा छलफलका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077