Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समस्या देखिएपछि लघुवित्तको लाइसेन्स बन्द : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त क्षेत्रमा समस्या देखिएकोले लाइसेन्स बन्द गरेर सुधारको बाटोमा अघि बढ्नुपरेको बताएका छन् ।

‘लघुवित्तका पिता’ हरिहरदेव पन्तको ५ औं स्मृति दिवसको अवसरका आयोजित भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले यसरी लाइसेन्स बन्द गर्नुको पछाडि यो क्षेत्रको सुधार बाहेक अरु कुनै मनशाय नभएको बताएका हुन् ।

‘ग्रामीण बैंकिङको विकास गर्दै जाने क्रममा हामीले धेरै नम्बरमा इजाजत दिन पुग्यौं । तर, यसको असर बजारमा राम्रो छैन । यहाँ धेरै समस्या देखिएका छन् ।

खासगरी मल्टिपल लेन्डिङको यो क्षेत्रमा बढी छ’ अधिकारीले भने, ‘त्यसैले अहिले इजाजत रोकेर रेगुलेटरी र केही व्यवस्थापकीय पक्षमा सुधार गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077