चितवन। चितवनमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ। एकैदिन चितवनका ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको देखिएको हो। ।
चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना ,राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, तथा कालिका नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Leave a Reply