Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा कार्यदल प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने समेत निर्णय भएकाे प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले बागलुङ् जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुख व्यक्त गरेको छ । साथै सरकालाई उद्धार, राहत र पुर्नस्थपनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ । यस्तै पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077