Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७० कराेड काण्ड: विजय मिश्रकाे नाममा अख्तियारले जारी गर्याे सात दिने सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० कराेडकाे काण्डमा विजय प्रकाश मिश्रको नाममा सात दिने सूचना जारी गरेकाे छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले संचार मन्त्रीबाट राजीनामा दिएका थिए। साेही प्रकरणमा थप अनुसन्धानका लागि अख्तियारले मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ।

आज गोरखापत्रमा सूचना जारी गर्दै मिश्रलाई हाजिर हुन आउन अख्तियारले भनेको छ।

'सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलमा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ,' अख्तियारको सूचनामा भनिएको छ, 'यो म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस आयोगको प्रहारी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भई जानेछ।'

मिश्र यतिखेर जापानमा लुकेर बसेका छन्। उनले वक्तव्य जारी गरेर अनुसन्धानका लागि सघाउन आफू तयार रहेको जनाएका छन्। मिश्रले अख्तियारलाई रेकर्डिङ डिभाइस उपलब्ध गराउने वताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077