काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छ
एक विज्ञप्ति जारी गर्दै बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरी आठ जनालाई निःशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाएका हुन् ।
बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाई पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गराउने बताएका थिए।
Leave a Reply