Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीले अब निषेधाज्ञामा बैंकका कर्मचारीलाई नरोक्ने

काठमाडौं । प्रहरीले अब निषेधाज्ञामा बैंकका कर्मचारीलाई नरोक्ने गरी नियम बनाइएकाे छ। कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले बिना बाधा अावतजावत गर्न दिइनेछ।बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो ।

तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।

कार्यालय हिँडेका बैंक कर्मचारीलाई नरोक्न आदेश आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले जानकारी दिए । उनका अनुसार माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई राेकिने छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077