काठमाडाैँ । सीमामा प्रहरीमाथि आक्रमणकाे प्रयास भएकाे छ। विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबार राति नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको हाे। सिल भएको नाकाबाट आउजाउ रोक्न खटिएका प्रहरीमाथि नेपाली र भारतीय नागरिक मिलेर आक्रमणको प्रयास गरेका प्रहरीले जनाएको छ ।
बुधबार बेलुका स्थानीयवासी लुकछिपी भारतीय बजार प्रवेश गरेका थिए । भारत तर्फबाट ठूलो संख्यामा मानिस नाकामा आएपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली मद्दतका लागि पुगेपछि भारतबाट आएकाहरु फर्किएका थिए ।
बुधबार मोरङमा भएका यी दुईवटै घटना नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
Leave a Reply