Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अब निषेधाज्ञा जारी गर्ने अधिकार जिल्लालाई (यस्ता छन् मन्त्रीपरिषद्का बाँकी निर्णयहरु )

काठमाडौं । सरकारले निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाइ दिएकाे छ ।  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौं उपत्याकासहित सबै जिल्लाका जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए ।

उनकाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने छन् ।‘संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड–१९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरर गरी अधिकार सुम्पने निर्णय भएको छ’, पत्रकार सम्मेलनमा उनले भने ।

बाँकी निर्णयहरू यस्ता छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077