Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायालयमा विचौलियाकाे खोजी गर्न समिति गठन

काठमाडाैं । न्यायालयमा विचौलियाकाे हाबी भएको भन्दै आलोचना बढेपछि सर्वोच्च अदालतले न्यायालयका विचौलियाको खोजी गर्ने भएको छ । विचौलियाबाट न्याय सम्पादनमा असर नपुगोस् र उनीहरुमार्फत अदालतमा भित्रिने विकृति विसंगतिको अन्त्य गर्ने उद्देश्यसहित विचौलिया पहिचान गर्न समिति गठन भएको हो ।

सर्वोच्च अदाललते न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित समिति गठन गरेको छ । समितिमा महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन, सर्वोच्च बार र न्याय परिषद्‍को समेत प्रतिनिधित्व रहेको छ । नेपाल बार एसोसिएसनले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अदालतमा विचौलियाको चलखेल बढेको निष्कर्ष निकालेको थियो ।

बार एसोसिएसनले विचौलियाको चलखेल अन्त्यका लागि प्रभावकारी कदम चाल्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको ध्यानाकर्षण गराएको थियो । बारको ध्यानाकर्षणपछि प्रधानन्यायाधीश राणाले विचौलियाको पहिचानका लागि न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077