Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बर्दिवास नगरभित्रका तीन वडामा कर्फ्यु भदाै २ सम्म थप

    बर्दिवास नगरभित्रका तीन वडामा कर्फ्यु भदाै २ सम्म थप

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    महोत्तरी । समुदाय स्तरमै काेराेना भाइरस फैलिन थालेपछि महोत्तरीको बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा (कर्फ्यु) थप गरिएको छ । सरोकारवालाहरुको संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ ।

    कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।



    बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अत्यावश्यक सेवा मात्र खुल्ला हुने पोखरेलको भनाई छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार