Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • क्रिकेट र फुटबलमा सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

    क्रिकेट र फुटबलमा सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । अवैध रुपमा विद्युतीय उपकरणका साधनहरु मार्फत सट्टाबाजी गर्ने एक भारतीय नागरिकलाई कालीमाटी प्रहरीले पक्राउ गरेको छ । मोबाइल र ल्यापटप प्रयोग गरी क्रिकेट, फुटबल लगायतका विभिन्न खेलहरुमा पैसाको सट्टाबाजी गर्ने एक भारतीय नागरिक भारत राजस्थान घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने ५० वर्षीय पवन कुमार डालमियाँलाई मंगलबार कालीमाटी प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवर नेतृत्वको प्रहरी टोलीले डालमियाँलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले डालमियाँलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।



    उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार