Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुद्धको जन्मस्थानबारे बहस आवश्यक छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थानबारेको बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय भएको अभिव्यक्ति दिएको विषयमा सञ्‍चारमाध्यमको प्रश्‍नको जवाफमा परराष्ट्र मन्त्रालयले भनको छ, "यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।"

परराष्ट्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्ध नेपालमा जन्मिएको भन्‍नेबारे उल्लेख गरिएको बताउँदै भनिएको छ, "सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भन्‍नुभएको थयो कि - 'नेपाल एक त्यस्तो देश हो, जहाँ विश्वमा शान्ति फैलाउने बुद्धको जन्म भएको थियो' ।"

"यो ऐतिहासिक र पुरातात्विक तथ्यहरुले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो," परराष्ट्रको विज्ञप्तिमा थप भनिएको छ, "लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मको सुरुआत भएको थलो र युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत स्थलहरु मध्ये एक हो ।"

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077