Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जोर बिजोर प्रणाली उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं । सरकारले लागू गरेको जोरबिजोर प्रणालीको व्यवस्था विपरित सवारी साधन चलाउने ७३६ जना कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा साँझ साढे ६ बजेसम्म ७३६ वटा सवारीसाधनलाई होल्ड गरेर कारवाही गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ बजे देखि ११ बजेसम्म सम्झाईबुझाई गरी छाडेको र एक बजेबाट होल्ड गर्न सुरू गरिएको बताए । महानगरीय ट्राफिक वृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ बजेसम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077