Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जोर बिजोर प्रणाली उल्लंघन गर्नेलाई कारबाही

    जोर बिजोर प्रणाली उल्लंघन गर्नेलाई कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 4.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । सरकारले लागू गरेको जोरबिजोर प्रणालीको व्यवस्था विपरित सवारी साधन चलाउने ७३६ जना कारबाहीमा परेका छन् ।

    काठमाडौं उपत्यकामा साँझ साढे ६ बजेसम्म ७३६ वटा सवारीसाधनलाई होल्ड गरेर कारवाही गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।



    आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको छ ।



    महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ बजे देखि ११ बजेसम्म सम्झाईबुझाई गरी छाडेको र एक बजेबाट होल्ड गर्न सुरू गरिएको बताए । महानगरीय ट्राफिक वृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ बजेसम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार